Nepal Life Insurance

प्रभु लाइफको नयाँ चार शाखाहरु विस्तार

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार १४:१४

Beema News

बीमा न्युज,
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको नयाँ चार शाखा कार्यालयहरु विस्तार भएका छन् । कम्पनीले हिजो विहिबार उपत्यकका ललितपूर, कलंकी, बानेश्वर र काभ्रे जिल्लाको बनेपा शाखाहरुको एकैसाथ शुभारम्भ गरेको हो ।

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ललितपूर शाखा, कम्पनीका सञ्चालक नरेशबहादुर मल्लले कलंकी शाखा, कम्पनीका संस्थापक सेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा र कम्पनी कै संस्थापक सेयरधनी राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । कम्पनीको चारैवटा शाखा एकै दिन सुरु गरेका हुन् ।

 

कम्पनीमा नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको छ । कम्पनीले बीमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

 

यस अघि नै प्रभु लाइफले ताहाचल, वीरगन्ज, इटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुर शाखा कार्यालयहरुबाट कारोबार सञ्चालन गरिसकेको छ । दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....