Nepal Life Insurance

सगरमाथा इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार १५:१२

Beema News

बीमा न्युज,
काठमाडौं । सगरमाथा इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र कैलाश विकास बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ हस्ताक्षर गर्नुभएको छ ।

बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुले एकद्धार सेवा प्रणालीमार्फत निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सगरमाथा इन्स्योरेन्ससँग सम्झौता गरेको बैंकले जनाएको छ ।

सम्झौता पश्चात कैलाश विकास बैंकका ग्राहकहरुले बैंकका जुनसुकै शाखाबाट सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । सगरमाथा इन्स्योरेन्सको बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले सम्पुर्ण प्रकारको निर्जीवन बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....