Nepal Life Insurance

नेप्सेमा सामान्य गिरावट, बीमा पनि २४.४ अंकले घट्यो

प्रकाशित मिति: ४ चैत्र २०७४, आईतवार १५:२६

Beema News

बीमा न्युज,
काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा सामान्य गिरावट आएको छ । नेप्से ९ दशमलब ४० अंकले घटेको हो । नेप्सेमा सुचिकृत कुनैपनि समुहमा सुधार नहुदा नेप्से घटेको हो ।


नेप्सेमा बीमा समूह पनि २४ दशमलव ४ अंकले घटेको छ । बीमा परिसुचक छ हजार एक सय ९४ दशमलव ३६ बिन्दुमा झरेको छ । बीमा समुहमा शुन्य दशमलब ८४ अंकले परिवर्तन हुदाँ कारोबार छ करोड ४१ लाख ४३ हजार एक सय रुपैंयामा सिमित भएको छ ।

 

आइतबार कारोबार रकमको आधारमा नेपाल लाइफ र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफको दुई करोड ६३ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । यस्तै सुर्या लाइफको एक करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

 

आइतबार कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको तीन सय १३ पटक कारोबार भएको छ । आइतबार कमाउने युनाइटेड र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । त्यस्तै गुमाउनेको शिर्ष सुचिमा सुर्या लाइफ र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् ।

नेप्से ९ दशमलव ४० अंकले घट्दा परिसुचक १२ सय ७८ दशमलब ९६ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५२ कम्पनीका आठ लाख ३३ हजार नौं सय ८६ कित्ता शेयरहरु तीन हजार आठ सय पाँच कारोबारबाट ३० करोड चार लाख ७९ हजार सात रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....