Nepal Life Insurance

सुध्रिएन नेप्से, बीमा समुहमा भारि अंकको गिरावट

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलवार १५:२१

Beema News

बीमा न्युज,
काठमाडौ । आज मंगलबार पनि नेपाल स्टक एक्सचेन्जमा गिरावट आएको छ । नेप्से १५ दशमलब ०५ अंकले घटेको हो । नेप्सेमा सुचिकृत होटलसमुह बाहेक सबैमा गिरावट आउदाँ नेप्सेमा गिरावट देखिएको हो ।

 

बीमा समूहमा पनि १५२ दशमलव १८ अंकको भारि गिरावट आएको छ । बीमा परिसुचक पाँच हजार नौं सय ९१ दशमलव ८६ बिन्दुले घट्दा दुई दशमलब ४७ प्रतिशत अंकले परिवर्तन भएको छ । मंगलबार बीमा समूहमा छ करोड ५२ लाख ६४ हजार दुई सय रुपैंयाको कारोबार भएको छ ।

 

मंगलबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको दुई करोड ६८ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । मंगलबार कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको चार सय १३ पटक कारोबार भएको छ । त्यस्तै मंगलबार कमाउने कुनै पनि बीमा कम्पनी शिर्ष सुचिमा रहेका छैनन्, गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ ।

 

नेप्से १५ दशमलव ०५ अंकले सुधार घट्दा परिसुचक १२ सय ५५ दशमलब ४७ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका नौं लाख ६२ हजार नौं सय ५२ कित्ता शेयरहरु चार हजार नौं सय ४१ कारोबारबाट ३२ करोड ८९ लाख १६ हजार चार सय ३९ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....