Nepal Life Insurance

निशुल्क ५ लाख रुपैंयाको दुर्घटना बीमा सुविधा सहित, एनआइसी एशिया बैंकको “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार १४:४०

Beema News

बीमा न्युज,
काठमाण्डौ । एनआइसी एशिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । एक हजार न्यूनतम मौज्दातमा खोल्न सकिने यस खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिने र ग्राहकहरुलाई ५ लाख रुपैंया सम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

 

मुलुकभरिका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट जतिपटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने लगायत बग्रेल्ती सुविधा यस खातामा राखिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । यसैगरी, यो खातामा निशुल्क भिसा डेबिट कार्डरक्रेडिट कार्डरमोबाइल बैकिङ्ग सेवारडिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशतसम्म छुट समेत प्रदान गरिने बताइएको छ ।

मासिक रुपमा औसत रु १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने समेत बैंकले जनाएको छ । त्यस्तै सो खाता खोली मोबाइल बैकिङ्ग सेवा लिएपछि एनटीसी वा एनसेलको १०० रुपैया बराबरको रिचार्ज कार्ड वा टपअप समेत निःशुल्क प्रदान गरिनेछ ।

 

 

साथै, यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ भने ब्यालेन्स सर्टि्फिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले प्रष्ट पारेको छ ।

 

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सीमित अवधिसम्म मात्र सञ्चालनमा रहने उल्लेख गर्दै बैंकले मौकाको फाइदा उठाउन आह्वान गरेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....