Nepal Life Insurance

निरन्तर घट्दै नेप्से, बीमा समुहमा भारि अंकको गिरवट

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार १५:२१

Beema News

बीमा न्युज,
काठमाडौ । आज बुधबार पनि नेपाल स्टक एक्सचेन्जमा गिरावट आएको छ । नेप्से २४ दशमलब ४० अंकले घटेको हो । नेप्सेमा सुचिकृत उत्पादन तथा प्रशोधन समुह बाहेक सबैमा गिरावट आउदाँ नेप्से घटेको हो ।


बीमा समूहमा पनि १८६ दशमलव ६९ अंकको भारि गिरावट आएको छ । बीमा परिसुचक पाँच हजार आठ सय ५ दशमलव १७ बिन्दुले घट्दा तीन दशमलब १२ प्रतिशत अंकले परिवर्तन भएको छ । बुधबार बीमा समूहमा आठ करोड ३७ लाख ७३ हजार तीन सय रुपैंयाको कारोबार भएको छ ।

 

बुधबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर रहेका छन् । नेपाल लाइफको तीन करोड ४६ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर ८८ लाख बराबरको कारोबार भएको छ ।

 

बुधबार कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको तीन सय ७३ पटक कारोबार भएको छ । बुधबार कमाउनेमा एनएलजी र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् । यस्तै गुमाउनेमा सगरमाथा र प्रिमियर इन्स्योरेन्स रहेका छन् ।

नेप्से २४ दशमलव ४० अंकले घट्दा परिसुचक १२ सय ३१ दशमलब ०७ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५१ कम्पनीका १४ लाख १७ हजार सात सय ०८ कित्ता शेयरहरु पाँच हजार छ सय ५७ कारोबारबाट ३७ करोड ८३ लाख ८७ हजार ११ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....