Nepal Life Insurance

जनता बैंकको ‘जनता सुरक्षा बचत खाता’ संचालनमा, ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार १५:४७

Beema News

बीमा न्युज,
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । यहि चैत ७ गते देखि लागु हुने गरि बैंकले यो योजना ल्याएको हो ।

विभिन्न विशेषताहरु रहेको यस योजनामा न्यूनतम निक्षेप १० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ । वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने र बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा प्रदान गर्ने बैंकले जनाएको छ । यस्तै बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा १ लाख सम्म र भर्ना नभई उपचार गर्दा ५ हजार रुपैयाँसम्मको उपचार खर्चको बीमा गरिएको छ ।

यस योजना अन्र्तगत बैंकले बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिएको छ । त्यस्तै, अन्य खातामा जस्तै एटीएम, एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआश्वा सुविधामा पनि रहेको बैंकले जनाएको छ ।

यस नयाँ निक्षेप खाता सबै उमेर समूहका ग्राहकहरुले खोल्न सक्नेछन् । यसको लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेवामा हुने आकासिदो खर्चबाट राहत पाउने बैंकको विश्वास छ ।

बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....