Nepal Life Insurance

समाहलिदै नेप्से, बीमा २९३.४१ अंकले बढ्यो

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलवार १५:२४

Beema News

बीमा न्युज,
काठमाडौ । आज मंगलबार बल्ल नेपाल स्टक एक्सचेन्जमा सुधार आएको छ । लामो समय सम्म निरन्तर ओरालो लागेको नेप्से आज ३९ दशमलब १६ अंकले सुधार आएको हो । नेप्सेमा सुचिकृत व्यापार समुह बाहेक सबैमा सुधार आएको छ ।

 


यस्तै नेप्सेमा बीमा उप समूहको २९३ दशमलव ८६ अंकले भारि सुधार आएको छ । बीमा परिसुचक ५ हजार ५ सय ९४ दशमलव ४१ अंकले बढ्दा ५ दशमलब ५४ अंकले परिवर्तन भएको छ । मंगलबार बीमा समूहको १६ करोड १८ लाख १२ हजार रुपैंयाको कारोबार भएको छ ।

 

मंगलबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर मात्रै रहेको छ । नेपाल लाइफको १० करोड बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर पनि एक करोड ३५ लाख बराबरको कारोबार भउर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

 

मंगलबार कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको एक हजार ३९ पटक कारोबार भएको छ । त्यस्तै मंगलबार कमाउनेमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कम्पनी, प्राइफ लाइफ र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । तर गुमाउनेको कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।

 

नेप्से ३९ दशमलव १६ अंकले सुधार हुँदा परिसुचक १२ सय ०७ दशमलब ७१ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६६ कम्पनीका १५ लाख ११ हजार छ सय ४० कित्ता शेयरहरु सात हजार एक सय ४१ कारोबारबाट ५० करोड ६१ लाख २६ हजार सात सय ०३ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....