Nepal Life Insurance

नेप्सेमा गिरावट, बीमा १४८ .७७ अंकले घट्यो

प्रकाशित मिति: १८ चैत्र २०७४, आईतवार १५:१७

Beema News

बीमा न्युज,
काठमाडौ । गत साताको अन्तिम दिन सुधार आएको नेपाल स्टक एक्सचेन्ज साताको पहिलो दिन नै गिरावट आएको छ । आज आइतबार नेप्से २४ दशमलब ०५ अंकले घटेको हो । नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आएको छ ।


नेप्सेमा बीमा उप समूह १४८ दशमलव ७७ अंकको भारि गिरावट आएको छ । बीमा परिसुचक ५ हजार चार सय २० दशमलव ५८ अंकले बढ्दा दुई दशमलब ६७ प्रतिशत अंकले परिवर्तन भएको छ । आइतबार बीमा समूहको ५ करोड ५५ लाख ८ हजार दुई सय रुपैंयाको कारोबार भएको छ ।

आइतबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको एक करोड ३५ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको हो ।

आइतबार कारोबार संख्याको आधारमा नेपाल लाइफ र प्रिमियर इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको २०४ पटक र प्रिमियर इन्स्योरेन्सको १९१ पटक कारोबार भएको छ । आइतबार कमाउनेमा आइएमई जनरल इन्स्योरेन्स रहेको छ । यस्तै गुमाउनेमा एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स रहेकाछन् ।

 

नेप्से २४ दशमलव ०५ अंकले गिरावट आउँदा परिसुचक ११ सय ९६ दशमलब २४ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५७ कम्पनीका १२ लाख ८३ हजार १३ कित्ता शेयरहरु सात हजार ७४ कारोबारबाट ३१ करोड २३ लाख ९४ हजार तीन सय १३ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....