Nepal Life Insurance

नेप्सेमा गिरावट, बीमा २३ .५८ अंकले घट्यो

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार १५:२४

Beema News

बीमा न्युज,
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज सोमाबार पनि गिरावट आएको छ । नेप्से ०३ दशमलब २८ अंकको सामान्य गिरावट आएको हो । नेप्सेमा सुचिकृत फाइन्नस समुह बाहेक सबै समुहमा गिरावट आएको हो ।


नेप्सेमा बीमा उप समूहमा २३ दशमलव ५८ अंकको गिरावट आएको छ । बीमा परिसुचक ५ हजार तीन सय ९७ अंकले घट्दा शुन्य दशमलब ४४ प्रतिशत अंकले परिवर्तन भएको छ । सोमबार बीमा समूहको ४ करोड ६९ लाख ५ हजार सात सय रुपैंयाको कारोबार भएको छ ।

 

सोमबार कारोबार रकमको आधारमा नेपाल लाइफ, युनाइटेड, र नेपाल इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफको एक करोड ५ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको दोस्रो स्थानमा रहेको छ । युनाइटेड इन्स्योरेन्सको ६३ लाख बारबरको कारोबार भएको छ । यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको ५४ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

 

सोमबार कारोबार संख्याको आधारमा नेपाल लाइफ र प्रिमियर इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको १२३ पटक र प्रिमियर इन्स्योरेन्सको ९५ पटक कारोबार भएको छ । सोमबार कमाउनेमा एभरेष्ट र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यस्तै गुमाउनेमा लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ ।

 

नेप्से ३ दशमलव २८ अंकले गिरावट आउँदा परिसुचक ११ सय ९२ दशमलब ९६ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५६ कम्पनीका १० लाख ७० हजार ८ सय ६८ कित्ता शेयरहरु तीन हजार सात सय ५१ कारोबारबाट २० करोड ५९ लाख ३९ हजार तीन सय १५ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....