Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, बीमा २५.२८ अंकले बढ्यो

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलवार १५:२०

Beema News

बीमा न्युज,
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज मंगलबार सामान्य सुधार आएको छ । नेप्से ६ दशमलब ०४ अंकको सामान्य सुधार आएको हो । नेप्सेमा सुचिकृत फाइन्नस समुह बाहेक सबै समुहमा सुधार आएको हो ।

नेप्सेमा बीमा उप समूहमा २५ दशमलव २८ अंकले सुधार आएको छ । बीमा परिसुचक ५ हजार चार सय २२ दशमलब २८ अंकले बढ्दा शुन्य दशमलब ४७ प्रतिशत अंकले परिवर्तन भएको छ । मंगलबार बीमा समूहको ३ करोड ९० लाख २० हजार रुपैंयाको कारोबार भएको छ ।

मंगलबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेका छन् । नेपाल लाइफको ७२ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

मंगलबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स नेपाल लाइफ र नेपाल इन्स्योरेन्स रहेका छन् । प्रिमियर इन्स्योरेन्सको १६० पटक, नेपाल लाइफको १३८ पटक र नेपाल इन्स्योरेन्सको ७३ पटक कारोबार भएको छ । मंगलबार कमाउनेमा सुर्या लाइफ इन्स्योरेन्स मात्रै रहेको छ भने गुमाउनेमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् ।

 

मंगलबार नेप्से ६ दशमलव ०४ अंकले सुधार हुदाँ परिसुचक ११ सय ९९ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६० कम्पनीका ६ लाख ६६ हजार ५ सय ९६ कित्ता शेयरहरु तीन हजार पाँच सय ८४ कारोबारबाट २१ करोड ८१ लाख ६६ हजार तीन सय १६ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....