Nepal Life Insurance

एभरेष्ट इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति: २५ चैत्र २०७४, आईतवार १२:०४

Beema News

बीमा न्युज,
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । भोली सोमबार देखि साधारणसभा दिन सम्मको लागि कम्पनीले बुक क्लोज गर्ने भएकोले बोनस र नगद सुरक्षित गर्न आज सम्म शेयरधनी कायम हुनुपर्दछ ।

 

कम्पनीले वैशाख १० हुने सभामा १० प्रतिशत बोनस र कर तिर्न र ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गर्दैछ । कम्पनीले संस्थापक हिस्सा ५१ प्रतिशत बनाउन पहिला १०५ प्रतिशत संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण शेयरधनीलाई फेरि ३०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

 

कम्पनीले १० प्रतिशत बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम पुँजीमा अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३०० प्रतिशत हकप्रद जारी हुनेछ । बोनस र हकप्रदपछि कम्पनीले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ ।

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले २ करोड ३७ लाख ७० हजार खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी (वार्षिक) ३५ रुपैयाँ ७५ पैसा छ भने प्रतिसेयर नेटवर्थ ३५५ रुपैयाँ ४९ पैसा छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....