Nepal Life Insurance

बीमा समुह ३५८.१ अंकले बढ्दा २७ करोड कारोबार

प्रकाशित मिति: २५ चैत्र २०७४, आईतवार १६:४९

Beema News

बीमा न्युज,
काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज सुधार आएको छ । नेप्से ४४ दशमलब २६ अंकको बढेको हो । आज नेप्सेमा सुचिकृत सबै समुहमा आज सुधार आएको छ ।


नेप्सेमा बीमा उप समूहको ३५८ दशमलव १ अंकले भारि सुधार आएको छ । बीमा परिसुचक ६ हजार एक सय ६३ दशमलब ६७ अंकले बढ्दा ६ दशमलब १७ प्रतिशत अंकले परिवर्तन भएको छ । आइतबार बीमा समूहको २७ करोड २३ लाख ४० हजार रुपैंयाको कारोबार भएको छ ।

आइतबार कारोबार रकमको आधारमा प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । प्रभु इन्स्योरेन्सको दुई करोड ६८ लख बराबरको कारोबार भएको छ । नेपाल लाइफको दुई करोड १९ लाख बराबरको कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्सको दुई करोड १५ लाख र नेको इन्स्योरेन्सको एक करोड ९८ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

आइतबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स, नेपाल लाइफ र प्रभु इन्स्योरेन्स रहेका छन् । प्रिमियर इन्स्योरेन्सको ३८३ पटक, नेपाल लाइफको २९२ पटक र प्रभु इन्स्योरेन्सको २०८ पटक कारोबार भएको छ ।

आइतबार कमाउने शिर्ष सुचिमा चार बीमा कम्पनीहरु रहेका छन् । कमाउने बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स, युानइटेड इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् । गुमाउनेमा भने कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् ।

आइतबार नेप्से ४४ दशमलव २६ अंकले बढेर परिसुचक १२ सय ९४ दशमलब ६५ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ७६ कम्पनीका २३ लाख १२ हजार ८ सय ६५ कित्ता शेयरहरु १० हजार सात सय ४६ कारोबारबाट ९१ करोड ७७ लाख ८ हजार ९५९ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....