Nepal Life Insurance

नेप्सेमा सामान्य गिरावट, बीमा २९.९३ अंकले घट्यो

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार १६:२९

Beema News

बीमा न्युज,
काठमाडौ । सोमबार नेपाल स्टक एक्सचेन्जमा सामान्यु गिरावट आएको छ । नेप्से ६ दशमलब ८७ अंकले घटेको हो । आज नेप्सेमा सुचिकृत समुह मध्ये ब्यापार र अन्य समुह बाहेक सबैम गिरावट आएको छ ।


नेप्सेमा बीमा उप समूहमा २९ दशमलव ९३ अंकले गिरावट आएको छ । बीमा परिसुचक ६ हजार एक सय ३३ दशमलब ७४ अंकले घट्दा शुन्य दशमलब ४९ प्रतिशत अंकले परिवर्तन भएको छ । सोमबार बीमा समूहको २४ करोड १६ लाख ८७ हजार रुपैंयाको कारोबार भएको छ ।

 

सोमबार कारोबार रकमको आधारमा प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स रहेका छन् । प्रभु इन्स्योरेन्सको दुई करोड २९ लाख बराबरको कारोबार भएको छ । नेपाल लाइफको दुई करोड २१ लाख बराबरको कारोबार भएको छ । यस्तै नेपाल इन्स्योरेन्सको एक करोड ९० लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

 

सोमबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स, नेपाल लाइफ नेपाल इन्स्योरेन्स, हिमालय जनरल र प्रभु इन्स्योरेन्स रहेका छन् । प्रिमियर इन्स्योरेन्सको ४०८ पटक, नेपाल लाइफको ३११ पटक, नेपाल इन्स्योरेन्सको २७१ पटक, हिमालय जनलरको २४२ पटक र प्रभु इन्स्योरेन्सको २२७ पटक कारोबार भएको छ ।

सोमबार कमाउने शिर्ष सुचिमा नेपाल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यस्तै गुमाउनेमा सगरमाथा इन्स्योरेन्स रहेकाछन् ।

सोमबार नेप्से ६ दशमलव ८७ अंकले घटेर परिसुचक १२ सय ८७ दशमलब ७८ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ६९ कम्पनीका २६ लाख २७ हजार ८ सय ३२ कित्ता शेयरहरु ११ हजार १०३ कारोबारबाट ९४ करोड ९६ लाख २९ हजार ३०९ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....