Nepal Life Insurance

आइएमई जनरल र नेपाल मौरीपालन केन्द्रीय सहकारीबीच सम्झौता

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार १७:२०

Beema News

बीमा न्युज,
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघबीच मौरीको बीमा गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापछि नेपाल मौरीपालन केन्द्रीय सहकारी संघसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुने कम्पनीले जनाएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफना मौरीहरुको बीमा गराइ नसकेको अवस्थामा संघसँगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरी ढुक्कसँग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा गर्नुभयो ।

 

रेग्मीले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सबैसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्दै कम्पनी अगाडी बढि रहेको जानकारी दिनुभयो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....