Nepal Life Insurance

नेप्सेमा गिरावट, बीमा ९४.६३ अंकले घट्यो

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार १५:२६

Beema News

बीमा न्युज,
काठमाडौ । मंगलबार नेपाल स्टक एक्सचेन्जमा गिरावट आएको छ । नेप्से १७ दशमलब ५५ अंकले घटेको हो । आज नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आएको छ ।


नेप्सेमा बीमा उप समूहमा ९४ दशमलव ६३ अंकले गिरावट आएको छ । बीमा परिसुचक ६ हजार ३९ दशमलब ११ विन्दुमा आइपुगेको छ । एक दशमलब ५४ प्रतिशत अंकले परिवर्तन भएको छ । मंगलबार बीमा समूहको नौं करोड ८२ लाख ८३ हजार सात सय रुपैंयाको कारोबार भएको छ ।

मंगलबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सुर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफको ९६ लाख बराबरको कारोबार भएको छ । प्रभु इन्स्योरेन्सको ९५ लाख बराबर, सुर्या लाइफको ८५ लाख र गुराँस लाइफ इन्स्योरेन्सको ७२ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

मंगलबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स, नेपाल लाइफ, सुर्या लाइफ र नेपाल इन्स्योरेन्स रहेका छन् । प्रिमियर इन्स्योरेन्सको १७७ पटक, नेपाल लाइफको १६३ पटक, सुर्या लाइफको १२९ पटक र नेपाल इन्स्योरेन्सको १११ पटक कारोबार भएको छ । मंगलबार कमाउने शिर्ष सुचिमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् भने गुमाउनेमा शिखर इन्स्योरेन्स कम्पनी मात्रै रहेका छन् ।

मंगलबार नेप्से १७ दशमलव ५५ अंकले घटेर परिसुचक १२ सय ७० दशमलब २३ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ६० कम्पनीका ९ लाख ८३ हजार १ सय ५९ कित्ता शेयरहरु ५ हजार ४४१ कारोबारबाट ३४ करोड ९० लाख ५१ हजार ७७ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....