Nepal Life Insurance

नेपाल लाइफको ७०.५३ प्रतिशत लाभाशं पारित, चुक्ता पुँजी ४ अर्ब ३९ करोड पुग्ने

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार १३:५०

Beema News

बीमा न्युज,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारणसभाले ७०.५३ प्रतिशत लाभांस पारित गरेको छ । आज बुधबार वीरगञ्जमा भएको साधारणसभाले कम्पनीको ४२ प्रतिशत बोनस शेयर र २८.५३ प्रतिशत नगद लाभांश गरी ७०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

 

कम्पनीले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।

 

कम्पनीले हाल कायम संस्थापक तथा साधारण शेयरधनीको शेयर स्वामित्व संरचनालाई परिर्वतन गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको संस्थापक १० प्रतिशत शेयर साधारण शेयरमा परिणत गर्नेभएको हो । हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत र साधारण शेयरधनीको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्ने भएको छ ।

 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुग्नेछ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ आकर्षक रकम छ ।

 

चालु आर्थिक वर्षको दोस्रो कम्पनीले त्रैमासमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....