Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, बीमा ४२.१ अंकले बढ्यो

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार १५:२४

Beema News

बीमा न्युज,
काठमाडौ । बुधबार नेपाल स्टक एक्सचेन्जमा सामान्य सुधार आएको छ । नेप्से ३ दशमलब १० अंकले बढेको हो । आज नेप्सेमा सुचिकृत समुहमा मध्ये होटल, विकास बैंक, फाइन्नस र अन्य समुह बाहेक सबैमा सुधार आएको छ ।


नेप्सेमा बीमा उप समूहमा ४२ दशमलव १ अंकले बढेको छ । बीमा परिसुचक ६ हजार ८१ दशमलब २१ विन्दुमा आइपुगेको छ । शुन्य दशमलब ५७ प्रतिशत अंकले परिवर्तन भएको छ । बुधबार बीमा समूहको छ करोड ८८ लाख ५८ हजार दुई सय रुपैंयाको कारोबार भएको छ ।

बुधबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफको ८० लाख बराबरको कारोबार भएको छ । यस्तै सुर्या लाइफको ७६ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।

बुधबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स, नेपाल लाइफ र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् । प्रिमियर इन्स्योरेन्सको १३५ पटक, नेपाल लाइफको १०९ पटक र सुर्या लाइफको ९२ पटक कारोबार भएको छ । बुधबार कमाउने शिर्ष सुचिमा गुराँस लाइफ र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् भने गुमाउनेमा कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।

बुधबार नेप्से ३ दशमलव १० अंकले बढेर परिसुचक १२ सय ७३ दशमलब ३३ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका ८ लाख ५९ हजार २ सय ८२ कित्ता शेयरहरु तीन हजार ६२२ कारोबारबाट २८ करोड ८४ लाख ७८ हजार ७७७ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....