Nepal Life Insurance

दुई बीमा कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

प्रकाशित मिति: २ बैशाख २०७५, आईतवार ११:३७

Beema News

 

बीमा न्युज,
काठमाडौं । आज आइतबार दुई बीमा कम्पनीको हकप्रद भर्ने दिन सकिदैछ । एशियन लाइफ इन्स्योरेन्सको ५० प्रतिशत र प्राइमलाइफको १६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो ।

फागुन १३ गतेदेखि २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता शेयर एसियन लाइफले बिक्री खुला गरेको हो । माघ ७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद भर्न पाउने यस कम्पनीको शेयर बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स रहेको छ ।

कम्पनीको हकप्रद बिक्रि प्रबन्धकको केन्द्रिय कार्यालय लगायत शाखा कार्यालयहरुबाट भर्न सकिन्छ ।

यस्तै कम्पनीको मुख्य कार्यालय सहित अधिकांश शाखा कार्यालय र आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ८० करोड ५५ लाख ६६ हजार रुपैयाँको १२५ बोनस र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने पनि घोषणा गरिसकेको छ । हकप्रद र बोनस शेयरपछि चुक्ता पुँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

 

प्राइमको पनि हकप्रद शेयर भर्ने आजै अन्तिम दिन

यस्तै प्राइम लाइफ इन्स्योरेन्सको पनि १६० प्रतिशत हकप्रद शेयर भर्ने आजै आइतबार अन्तिम दिन हो । कम्पनीले ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद निष्कासन गरेको थियो ।


फागुन २७ गतेदेखि बिक्री खुला गरिएको यो हकप्रदमा फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सकिन्छ ।

 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड तथा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको अधिकांश शाखा कार्यालयहरुबाट आवेदन भर्न सकिन्छ । त्यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

 

कम्पनीलेको चैत १४ मा सम्पन्न साधारण सभाले १६० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँको १२.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरिसकेको छ । बोनसपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

 

यि दुबै कम्पनीले बीमा समितिको निर्देशन अनुरुप २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....