Nepal Life Insurance

एभरेष्ट इन्स्योरेन्सको २३ औं साधारण सभा, १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दै

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार १४:०७

Beema News

बीमा न्युज,
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २३ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले बैशाख १० गते साधारण सभा आह्वान गरेको हो ।

 

कम्पनीले साधारण सभामा १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले एक करोड २१ लाख ५० हजार रुपैयाँको बोनस तथा बोनस प्रयोजनका लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गर्दैछ ।

 

कम्पनीको २२ औं साधारण सभाबाट पारित भएको ६ सय प्रतिशत हकप्रद प्रस्तावलाई परिमार्जन गरी बीमा समितिको निर्देशन बमोजिम कम्पनीको शेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्ने गरी बोनस शेयर पश्चात हुन आउने कुल चूक्ता पूँजीमा शेयरधनीलाई १०५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी गर्ने भएको छ ।

 

सो संस्थापक हकप्रद पश्चात कायम शेयरधनीलाई थप ३०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।

 

सञ्चालक समिति तथा अन्य समिति उपसमितिको बैंठक भत्तामा बृद्धि गर्ने, र कम्पनीको नियमावलीमा आवश्यक संसोधनको अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका विशेष प्रस्ताव साधारण सभामा गरिएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....