Nepal Life Insurance

नेप्से ३३.६१ अंकले बढ्यो, बीमा समुह लगानीकर्ताको आकर्षण

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलवार १६:०८

Beema News

बीमा न्युज,
काठमाडौ । आज मंगलबार पनि नेपाल स्टक एक्सचेन्जमा बीमा समुहमा लगानीकर्ताहरु आकर्षणले गर्दा ३३ दशमलब ६१ अंकले बढेको छ । नेप्सेमा सुचिकृत ब्यापार समुह बाहेक सबैमा सुधार आएको छ ।

बीमा समूहमा लागानीकर्ताहरु झुम्मिदाँ ३६० दशमलव ४३ अंकको भारि सुधार आएको छ । बीमा परिसुचक ६ हजार ८९८ दशमलब ५९ विन्दुमा पुग्दा ५ दशमलब ५१ प्रतिशत अंकले परिवर्तन भएको छ । मंगलबार बीमा समूहको ३८ करोड ७४ लाख ७८ हजार रुपैंयाको कारोबार भएको छ ।

 

मंगलबार कारोबार रकमको आधारमा शिर्ष सुचिमा सात बीमा कम्पनीहरु रहेका छन् । सुर्या लाइफको ५ करोड ९९ लाख, नेपाल लाइफको ३ करोड १० लाख, लुम्बिनी जनरलको ५ करोड ३६ लाख, प्रिमियर इन्स्योरेन्सको २ करोड ३५ लाख, नेशनल लाइफको २ करोड १९ लाख, नेपाल इन्स्योरेन्सको २ करोड १३ लाख र नेको इन्स्योरेन्सको २ लाख १३ लाख बराबरको कारोबार भएको छ ।

 

मंगलबार कारोबार संख्याको आधारमा बीमा कम्पनीको हाबी रहेको छ । कुन १० शिर्ष सुचिमा ८ बीमा कम्पनीहरु रहेका छन् । सुर्या लाइफको ४९० पटक, प्रिमियर इन्स्योरेन्सको ४५२ पटक, नेको इन्स्योरेन्सको २८९ पटक, लुम्बिनी जनरलको २६४ पटक, हिमालयन जनरलको २४७ पटक, प्रभु इन्स्योरेन्सको २२५ पटक, नेपाल लाइफको २२२ पटक, प्राइम लाइफ इन्स्योरेन्सको १९८ पटक कारोबार भएको छ ।

 

मंगलबार कमाउने शिर्ष सुचिमा पनि बीमा कम्पनी धेरै रहेका छन् । धेरै कमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनलर र युनाइटेड इन्स्योरेन्स रहेका छन् । यस्तै गुमाउनेमा कुनै पनि बीमा कम्पनी रहेको छैन् ।

मंगलबार नेप्से ३३ दशमलव ६१ अंकले बढेर परिसुचक १३ सय ३१ दशमलब १८ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६६ कम्पनीका १९ लाख १० हजार २ सय २८ कित्ता शेयरहरु १० हजार ११२ कारोबारबाट ९६ करोड २८ लाख ७६ हजार ४०१ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....