Nepal Life Insurance

नेप्सेमा कारोबार रकम अर्ब नाघ्यो, बीमामा ६२.५१ अंकले सुधार

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार १५:५८

Beema News

बीमा न्युज,
काठमाडौ । लामो समय पछि आज बुधबार नेपाल स्टक एक्सचेन्जमा एक अर्ब बराबरको कारोबार भएको छ । नेप्सेमा सुचिकृत सबै समुहमा सुधार आउदाँ नेप्से ३१.३८ विन्दुमा पुगेको हो ।


बुधबार जलविद्युत समुहसंगै विकास बैंक र बीमा समूहमा लागानीकर्ताहरु आर्कषित भएको छ । आज बीमा समुह ६२ दशमलव ५१ अंकले सुधार आएको छ । बीमा परिसुचक ६ हजार ९ सय ६२ दशमलब १० विन्दुमा पुग्दा शुन्य दशमलब ९२ प्रतिशत अंकले परिवर्तन भएको हो । बुधबार बीमा समूहको ३९ करोड ३४ लाख ४२ हजार रुपैंयाको कारोबार भएको छ ।

 

बुधबार कारोबार रकमको आधारमा शिर्ष सुचिमा चार बीमा कम्पनीहरु रहेका छन् । युनाईटेड लाइफको ५ करोड ९२ लाख, सुर्या लाइफको दुई करोड ७१ लाख, नेपाल लाइफको दुई करोड ४७ लाख र नेको इन्स्योरेन्सको २ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

 

बुधबार कारोबार संख्याको आधारमा बीमा कम्पनीको हाबी रहेको छ । कुन १० शिर्ष सुचिमा ८ बीमा कम्पनीहरु रहेका छन् । युनाईटेड लाइफको ३७७ पटक, प्रिमियर इन्स्योरेन्सको ३११ पटक, लुम्बिनी जनरलको २७८ पटक, हिमालयन जनरलको २६६ पटक, नेको इन्स्योरेन्सको २५१ पटक, प्रभु इन्स्योरेन्सको २४६ पटक, सुर्या लाइफको ३३४ पटक र नेपाल इन्स्योरेन्सको २३० पटक कारोबार भएको छ ।

 

बुधबार कमाउने शिर्ष सुचिमा पनि बीमा कम्पनी धेरै रहेका छन् । धेरै कमाउनेमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् । यस्तै गुमाउनेमा एशियन लाइफ, प्रुडेसियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।

 

बुधबार नेप्से ३१ दशमलव ८३ अंकले बढेर परिसुचक १३ सय ६३ दशमलब ०१ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६५ कम्पनीका २४ लाख ४० हजार १०५ कित्ता शेयरहरु ११ हजार ५०३ कारोबारबाट एक अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....