Nepal Life Insurance

नेप्सेमा निरन्तर सुधार हुदै, बीमा २५.३० अंकले बढ्यो

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहीबार १५:३८

Beema News

बीमा न्युज,
काठमाडौ । साताको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेन्जमा सुधार आएको छ । नेप्सेमा सुचिकृत व्यापार समुह बाहेक सबैमा सुधार आउदाँ नेप्से २५.३० विन्दुमा पुगेको हो ।


बिहिबार पनि जलविद्युत र बीमा समूहमा लागानीकर्ताहरु आर्कषित देखिएको छ । आज बीमा समुह ५१ दशमलव २३ अंकले सुधार आएको छ । बीमा परिसुचक ७ हजार १३ दशमलब ३३ विन्दुमा पुग्दा शुन्य दशमलब ७४ प्रतिशत अंकले परिवर्तन भएको छ । बिहिबार बीमा समूहको २३ करोड ३२ लाख ८६ हजार रुपैंयाको कारोबार भएको छ ।

बिहिबार कारोबार रकमको आधारमा शिर्ष सुचिमा राष्ट्रिय बीमा कम्पनीका सधारण शेयर र प्रमोटर शेयर मात्रै रहेका छन । राष्ट्रिय बीमा कम्पनीको सधारण शेयर दुई करोड ७७ लाख र प्रमोटर शेयर दुई करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

बिहिबार कारोबार संख्याको प्रिमियर इन्स्योरेन्स मात्रै रहेको छ । प्रिमियरको आज ३०० पटक कारोबार भएको छ ।

 

बिहिबार कमाउने शिर्ष सुचिमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र साधारण शेयर मात्रै रहेका छ । यस्तै गुमाउनेमा सुर्या लाइफ इन्स्योरेन्स रहेका छन् ।

बिहिबार नेप्से २५ दशमलव ३० अंकले बढेर परिसुचक १३ सय ८८ दशमलब ३१ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६८ कम्पनीका २६ लाख ६३ हजार ५८२ कित्ता शेयरहरु ११ हजार ८३४ कारोबारबाट एक अर्ब ११ करोड ५५ लाख ५५ हजार ३६१ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....