Nepal Life Insurance

सगरमाथा इन्स्योरेन्सले सगरमाथा आरोहण गर्ने महिला पत्रकार टोलीलाई बीमा सुविधा दिने

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार ०८:३१

Beema News

बीमा न्युज,
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई बीमा सुविधा दिने भएको छ । सगरमाथा आरोहण गर्न लागेका ६ जना महिला पत्रकारहरुलाई कम्पनीले कुल ३२ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा सुरक्षा दिने भएको हो ।

 

कम्पनीले आरोहण दलका सदस्यहरुको प्रतिव्यक्तिगत दुर्घटना बीमा बापत १५ लाख, औषधीउपाचर बीमाका लागि चार लाख, हाई अल्टिच्युटका लागि तीन लाख र खोज तथा उद्धार कार्यका लागी १० लाख ४२ हजार (दश हजार अमेरीकी डलर) सम्म गरी सो मात्राको बीमा कभरेज प्रदान गर्न लागेको कम्पनीले जनाएको छ ।

 

दुर्घटना बीमा बापत १५ लाख, औषधीउपाचरका लागि ४ लाख, हाई अल्टिच्युटका लागि ३ लाख, खोज तथा उद्धार १० लाख ४२ हजार

 

सगरमाथा आरोहणका लागि महिला पत्रकार रोजिता बुद्धाचार्यको नेतृत्वमा ६ जना महिला आरोहीहरु रहेका छज् । पत्रकार बुद्धाचार्य सहित लक्ष्मी कार्की, देउराली चाम्लिङ्ग, कल्पना महर्जन, रोशा बस्नेत र दावा डिक्की शेर्पा सगरमाथा आरोहण गर्न जान लाग्नुभएको हो ।
प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को बीमा सहयात्रीमा सगरमाथा इन्स्योरेन्स रहेको छ ।

 

उक्त आरोहण दलका सदस्यहरुको बीमा सहयात्री सगरमाथा इन्स्योरेन्सले नक्सालमा बिहीबार सफल आरोहणका लागि शुभकामना कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आरोहण टोलीका सदस्यहरुलाई कम्पनीको झण्डा हस्तान्तरण गर्नुभएको छ ।

 

उहाँले सगरमाथा आरोहणमा नेपाली महिला पत्रकारहरुको ईच्छाशक्तिको प्रशंसा पनि गर्नुभयो । सगरमाथा आरोहणको सफलतामा आरोहीको व्यक्तीगत सफलता मात्र नभई सम्पुर्ण पत्रकारिता क्षेत्रको सफलता जोडिने र यसमा सम्पुर्ण सञ्चार जगतले नै गौरव गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....