Nepal Life Insurance

नेपाल इन्स्योरेन्सको मुल्य समायोजन

प्रकाशित मिति: ९ बैशाख २०७५, आईतवार ११:१६

Beema News

बीमा न्युज,
काठमाडौं । नेपाल इन्स्योरेन्सको नेप्सेमा मुल्य समायोजन भएको छ । कम्पनीको २.२६ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

 

बोनस मुल्य समायोजनपछि यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ तोकिएको छ । आज आइतबार कम्पनीको शेयर कारोबार यही मूल्यको आधारमा खुलेको छ । कम्पनीको औसत आधार मूल्य ७०३.५७ रुपैयाँ रहेको छ ।

 

कम्पनीको साधारण सभामा हाल बिक्री भइरहेको १०० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पुँजीको २.२६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पेश हुँदैछ । कम्पनीले वैशाख ५ गतेदेखि १: अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद बिक्री गरिरहेको छ ।

 

हकप्रद र बोनसपछि कायम हुने ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ चुक्ता पुँजीमा फेरि ६५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभामा लाने तयारी गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....