Nepal Life Insurance

नेप्से ५० अंकले बढ्दा, बीमा ३५३ अंकले बढ्यो

प्रकाशित मिति: ९ बैशाख २०७५, आईतवार १५:२०

Beema News

बीमा न्युज,
काठमाडौ । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्जमा सुधार आएको छ । नेप्सेमा सुचिकृत सबै समुहमा सुधार आउदाँ नेप्से ५०.१८ अंकले बढेको हो ।


आइतबार बीमा माइक्रो फान्नस र जलविद्युत समूहमा लागानीकर्ताहरु आर्कषित देखिएको छ । आज बीमा समुह ३५२ दशमलव ९९ अंकले भारि सुधार आएको छ । बीमा परिसुचक ७ हजार ३६६ दशमलब ३२ विन्दुमा पुग्दा ५ दशमलब ०३ प्रतिशत अंकले परिवर्तन भएको छ । आइतबार बीमा समूहको २९ करोड ९१ लाख ६९ हजार रुपैंयाको कारोबार भएको छ ।

 

आइतबार कारोबार रकमको आधारमा शिर्ष सुचिमा राष्ट्रिय बीमा कम्पनीका सधारण शेयर र प्रमोटर शेयर अनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका रहेका छन । राष्ट्रिय बीमा कम्पनीको सधारण शेयर तीन करोड ५० लाख र प्रमोटर शेयर चार करोड ३९ लाख र नेपाल लाइफको तीन करोड ६१ लख बराबरको कारोबार भएको छ ।

 

आइतबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स मात्रै शिर्ष सुचिमा पर्न सफल भएको छ । प्रिमियरको आज ४३९ पटक कारोबार भएको छ ।

 

आइतबार धेरै कमाउनेमा शिर्ष सुचिमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र साधारण शेयर अनि सिद्धार्थ इन्स्योरेन्स मात्रै रहेका छन । आज गुमाउनेमा भने कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।

 

आइतबार नेप्से ५० दशमलव १८ अंकले बढेर परिसुचक १४ सय ३८ दशमलब ४९ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६७ कम्पनीका २८ लाख ८९ हजार ९४३ कित्ता शेयरहरु १२ हजार ५६७ कारोबारबाट एक अर्ब २३ करोड ५ लाख ३ हजार १८० रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....