Nepal Life Insurance

नेप्सेमा गिरावट, बीमा समुह पनि ७६ अंकले घट्यो

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलवार १५:३१

Beema News

बीमा न्युज,
काठमाडौ । आज मंगलबार नेपाल स्टक एक्सचेन्जमा गिरावट आएको छ । नेप्सेमा सुचिकृत व्यापार समुह बाहेक सबैमा गिरावट आउदाँ नेप्से १५.९९ अंकले घटेको हो ।


मंगलबार बीमा समुह ७६ अंकले गिरावट आएको छ । बीमा परिसुचक ७ हजार २०१ दशमलब ८८ विन्दुमा र्झदा १ दशमलब ०४ प्रतिशत अंकले परिवर्तन भएको छ । मंगलबार बीमा समूहको २२ करोड ९६ लाख १३ हजार रुपैंयाको कारोबार भएको छ ।

मंगलबार कारोबार रकमको आधारमा शिर्ष सुचिमा नेपाल लाइफ, राष्ट्रिय बीमा कम्पनीका सधारण शेयर र प्रमोटर शेयर अनि प्रिमियर इन्स्योरेन्स रहेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ६३ लाख, राष्ट्रिय बीमा कम्पनीको सधारण शेयर दुई करोड ३४ लाख र प्रमोटर शेयर दुई करोड २७ लाख र प्रिमियर इन्स्योरेन्सको एक करोड ७० लाख बराबरको कारोबार भएको छ ।

 

मंगलबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स शिर्ष सुचिमा पर्न सफल भएका छन । प्रिमियरको २८७ पटक, नेपाल लाइफको १६४ पटक र प्रभु इन्स्योरेन्सको १३७ पटक कारोबार भएको छ ।

 

मंगलबार धेरै कमाउनेमा एभरेष्ट इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स रहेको छ । यस्तै गुमाउने शिर्ष सुचिमा शिखर इन्स्योरेन्स कम्पनीहरु रहेका छन् ।

मंगलबार नेप्से १५ दशमलव ९९ अंकले गिरावट आएको छ । नेप्से परिसुचक १३ सय ९४ दशमलब ८६ बिन्दुमा झरेको छ । नेप्सेमा १७० कम्पनीका १७ लाख १९ हजार ८०० कित्ता शेयरहरु सात हजार ८२५ कारोबारबाट ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....