Nepal Life Insurance

नेप्से दोहोरो अंकले घट्यो, बीमा समुह ८.२१ अंकको सामान्य सुधार

प्रकाशित मिति: १६ बैशाख २०७५, आईतवार १५:४४

Beema News

बीमा न्युज,
काठमाडौ । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्जमा गिरावट आएको छ । आज नेप्से ८.२१ अंकले घटेको हो ।

आइतबार बीमा समुहमा भने २.४१ अंकले बढेको छ । बीमा परिसुचक ६ हजार ९१५ दशमलब ९० विन्दुमा र्झदा शुन्य दशमलब ०३ प्रतिशत अंकले परिवर्तन भएको छ । आइतबार बीमा समूहको १० करोड ४१ लाख १० हजार रुपैंयाको कारोबार भएको छ ।

आइतबार कारोबार रकमको आधारमा शिर्ष सुचिमा राष्ट्रिय बीमा कम्पनीको सधारण शेयर र प्रमोटर शेयर, प्रिमियर इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सधारण शेयर एक करोड ५० लाख र प्रमोटर शेयर ९९ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ८० लाख र प्रिमियर इन्स्योरेन्सको एक करोड ८ लाख बराबरको कारोबार भएको छ ।

आइतबार कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स मात्रै शिर्ष सुचिमा पर्न सफल भएका छन । प्रिमियरको २१३ पटक कारोबार भएको छ ।

 

आइतबार धेरै कमाउनेमा एलआइसी नेपाल रहेको छ । गुमाउनेमा भने कुनै पनि बीमा कम्पनी रहेका छैनन ।

आइतबार नेप्से ८ दशमलव २१ अंकले गिरावट आएको छ । नेप्से परिसुचक १३ सय ४९ दशमलब ०१ बिन्दुमा झरेको छ । नेप्सेमा १६१ कम्पनीका ९ लाख ६६ हजार ८२९ कित्ता शेयरहरु ५ हजार २१४ कारोबारबाट ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....