Nepal Life Insurance

गुराँस लाइफ इन्स्योरेन्स ११ वर्षमा प्रवेश

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार १७:२१

Beema News

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ११ वर्षमा प्रवेश गरेको छ । ‘गुराँस लाइफसँग सुरक्षीत हाम्रो जिन्दगी’ भन्ने नाराका साथ भएको कम्पनीले ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 

रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जानकारी दिए । जेठ १७ गते केन्द्रिय कार्यालय तीनुकुने काठमाडौं, क्षेत्रीय कार्यालय विर्तामोड, क्षेत्रीय कार्यालय बुटवल, शाखा कार्यालय धरानमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

कम्पनीले यस वर्ष नेपाल भरि प्रत्येक महिना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको जनाएको छ ।

 

कम्पनीको नेपालराज्यभर १८ हजार प्रशिक्षित अभिकर्ता र ७० वटा कार्यालयहरु रहेका छन् । कम्पनीको बालबालिकाको लागि शिक्षा योजना, सावधिक, आजीवन र पेन्सन सहितको बीमा योजना तथा वार्षिक नगद फिर्ता योजना सहित १३ वटा जीवन बीमा योजना संचालनमा रहेका छन् । कम्पनीका दावी भुक्तानी प्रक्रिया छिटो, छरितो एवं सरल रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....