Nepal Life Insurance

एलआइसी नेपाललाई एसियाकै अन्तराष्ट्रिय अवार्ड

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार १७:४१

Beema News

बीमा न्युज,

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरशन नेपालले जीवन बीमा क्षेत्रमा महत्वुर्ण योगदान पुर्याएको बापत अन्तराष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ्ग एसिया इन्स्योरेन्स अवार्ड, २०१८’ अन्तर्गत बेष्ट सर्भिस प्रोभाइडर इन लाईफ इन्स्योरेन्स, बेष्ट कस्टुमर ओरेन्टेसन इन लाइफ इन्स्योरेन्स र वेष्ट ग्रोथ इन लाइफ इन्स्योरेन्स अर्वाड गरि तीन बीधामा अवार्ड पाउन सफल भएको हो ।

 

एशिया महादेशका इन्स्योरेन्स कम्पनीहरुले भाग लिएको अवार्ड कार्यक्रम गत जेठ १४ गते थाईलैण्डमा सम्पन्न भएको थियो ।

 

विभिन्न देशहरुको बीमा नियामक निकायका प्रतिनिधिहरु र बीमा कम्पनी प्रतिनिधिहरुको रहेको उक्त कार्यक्रममा थाई इन्स्योरेन्स बोर्डका महासचिवले एलआईसी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त अवार्ड प्रदान गरेको हो ।

 

नेपालको बीमा कम्पनीले यो अवार्ड तथा सम्मान पाउनु नेपाली बीमा उद्योगको लागि नै सम्मान र प्रतिष्ठाको विषय भएको एलआइसीमा का.मु. प्रमुख कार्यकारी अधिकृत दस्तिदारले बताए ।

 

एलआईसी नेपालको गुणस्तरीय सेवा र उत्कृष्ट कार्यसम्पादनको कदरस्वरुप एसिया महादेशकै यो सम्मानित अन्र्तराष्ट्रिय अवार्ड पाएको हो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....