Nepal Life Insurance

बीमा क्षेत्रको वित्तीय स्रोत २९.४ प्रतिशतले बृद्धि

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार ०९:५७

Beema News

बीमा व्यवसायमा वित्तीय स्रोतको विस्तार भएको छ । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्बेक्षण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा २९.४ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ ।

बीमा क्षेत्रमा नयाँ कम्पनीहरुको आगमन तथा पुराना कम्पनीलाई चुक्तापुँजी बृद्धि गर्न बीमा समितिको बाध्यात्मक निर्देशनले यस क्षेत्रको वित्तीय स्रोत विस्तार भएको हो । बीमा समितिले २०७५ असार सम्ममा जीवन बीमा कम्पनीको दुई अर्ब र निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

चालु आर्थिक वर्षको आठ महिना सम्ममा बीमा व्यवसायको कुल वित्तीय श्रोत तथा उपयोग २ खर्ब ४० अर्ब ५७ करोड रुपैयाँ रहेको छ । त्यस मध्ये जीवन बीमा कम्पनीहरुको १ खर्ब ९९ अर्ब ५६ करोड र निर्जीवन बीमा कम्पनीहरुको ४१ अर्ब ७० करोड रुपैयाँ वित्तीय श्रोत रहेको छ । गत आर्थिक वर्षको यस अवधिमा १ खर्ब ८५ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

 

अर्थमन्त्रालयका अनुसार जीवन तथा निर्जीवन व्यवसाय गर्ने बीमाको लगानी योग्य रकम क्रमश वृद्धि हुँदै आएको छ । आर्थिक बर्ष ०७०र०७१ मा ७५ अर्ब ७८ करोड रहेको लगानी योग्य रकम आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्म एक खर्ब ८८ अर्ब ९० करोड पुग्ने सरकारको अनुमान छ ।

 

२०७२ सालको भूकम्पको कारण निर्जीवन बीमा कमपनीहरुको कुल दाबी संख्या १७ हजार ७९९ र अनुमानित क्षति रकम १६ अर्ब ६९ करोड रहेको थियो । चालु आर्थिक बर्षको आठ महिनासम्ममा कुल दाबी संख्या १७ हजार ४५८ र १३ अर्ब ८३ करोड दाबी रकम फछर्यौट भएको अर्थमन्त्रालयले जनाएको छ । यसअवधिमा कुल दाबीमध्ये ९८ प्रतिशत र कुल रकममध्ये ८२.८ प्रतिशत फछर्यौट भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

कुल दाबी संख्या १७ हजार ४५८ र १३ अर्ब ८३ करोड दाबी रकम फछर्यौट ,

कुल दाबीमध्ये ९८ प्रतिशत र कुल रकममध्ये ८२.८ प्रतिशत फछर्यौट

 

२०७४ फागुन मसान्तमा बीमा कम्पनीहरुको संख्या ३९ पुगेको छ । स्वामित्व संरचनाको आधारमा १८ जीवन बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र एक पुर्नबीमा कम्पनीले व्यवसाय संचालन गर्दै आएका छन् । यस्तै विदेशी बीमा कम्पनीको शाखाको रुपमा ३ बीमा कम्पनी, विदेशी बीमा कम्पनीको संयुक्त लगानीमा ३ बीमा कम्पनी, निजी स्वामित्वमा ३० बीमा कम्पनी र सरकारी स्वामित्वमा ३ बीमा कम्पनीहरु रहेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....