Nepal Life Insurance

जीवन बीमा गर्दा आयकरमा छुट, बीमा व्यवसाय विस्तारमा थप टेवा पुग्ने

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार १०:२६

Beema News

बीमा न्युज,

काठमाडौं । जीवन बीमा गर्दा आयकरमा थप छुट पाउने भएको छ । सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले घोषण गरेको आर्थिक वर्ष २०७५र७६को बजेटमा बीमा प्रिमियमबापत आयकरमा खर्च कट्टि पाउने रकमको सीमालाई वृद्धि गरी २५ हजार रुपैयाँ पुर्याएको हो ।

त्यस्तै स्वास्थ्य बीमा गरेका व्यक्तिलाई करयोग्य रकममा स्वास्थ्य बीमा प्रिमियम बापत भुक्तानी गरेको रकममा २० हजार वा कुल बार्षिक प्रिमियम कुन कम हुन्छ । त्यस्तो रकम घटाएर बाँकीमा मात्र कर लगाउने व्यवस्था बजेटले गरेको छ ।

 

सरकारले घोषण गरेको बजेटमा करको दायरा फराकिलो पार्दै सबैलाई समेट्ने प्रयास गरेका छन् । साथै कर प्रणालीलाई लगानी मैत्री बनाई उत्पादन मुलक उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले कर छुटका प्रावधानहरु समेत बजेटमा राखिएको छ ।

 

सरकारले पुँजी निमार्णका लागि संचित मुनाफावाट आफ्नै उद्योगमा पुर्नलगानी गरेमा लाभांस करछुट हुने हालको व्यवस्थालाई विस्तार गरी एक सय जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिने उद्योगलाई आयकरमा सहुलियत दिने प्रस्ताव गरेको छ ।

 

चिया,कपडा एवं डेरी उद्योगलाई प्रोत्साहन गर्न उद्योगहरुमा लाग्दै आएको आयकरमा समेत छुट दिने प्रस्ताव बजेटमा छ । लघु उद्यम व्यवसायलाई प्रर्वदन गर्न त्यस्ता उद्योगलाई ५ वर्षको लागि आयकरमा छुट दिने र महिलाहरुले संचालन गरेको व्यवसायमा थप ३ वर्ष आयकर छुट दिने व्यवस्था गरेको छ ।

 

५० करोड भन्दा बढि चुक्तापुँजी भएको प्राइभेट लिमिटेड कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्न प्रोत्साहन स्वरुप ३ वर्षको लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था बजेटले गरेको छ ।

 

सामुदायिक अस्पतालले तिर्नुपर्ने आयकर दरमा २० प्रतिशत छुटदिने प्रस्ताव गरेको छ । सामाजिक संस्थाहरुको विद्यमान आएकर ऐनका प्रावधानअनुसार विवरण पेश गरेमा विगतका आर्थिक वर्षहरुको कर तथा शुल्कहरु छुट दिने प्रस्ताव गरेको छ ।

 

सरकारी निजी र विदेशी साझदारीमा चलचित्र निमार्ण कार्यलाई प्रोत्साहन गर्न यस व्यसायमा लाग्ने मुल्य अभिवृद्धि कर, चलचित्र विकास शुल्क लगायतका राजश्व संकलनलाई व्यवस्थि तगर्न इलेक्ट्रोनिक टिकेटिङ्ग सहितको चलचित्र वितरण र प्रर्दशन बक्स अफिस प्रणली लागु गरीने । सन्देश मुलक चलचित्रलाई प्रर्दशनीमा लाग्ने करमा सहुलियत प्रदान गर्न बजेटमा उल्लेख छ ।

 

योगदानमा आधारित निवृत्तिभरण कोषमा सहभागिहुनेलाई सामाजिक सुरक्षा करछुट हुने प्रवन्ध मिलाएको छ । लामो समयदेखि मुल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताहरुले कर सहभागिता गरि नियमित हुन चाहेमा कर विवरण वापतको जरिवना छुट दिने व्यवस्था गरेको छ ।

 

निजी क्षेत्रवाट संचालित शिक्षण संस्थाले संचालन गरेको चामेना गृह र छात्रावास सेवा तथा धितोपत्र दलाल सेवामा विगतमा लागेको मुल्य अभिवृद्धि कर मिनाहा गरेको छ ।

 

सरकारले करको संरचना र करका दरहरुमा समय सापेक्ष सुधार गरी कर प्रणलीलाई थप प्रगतिशील र समन्यायिक बनाउने, राजश्व प्रशासनमा सुधार गरी करदातालाई दक्ष, व्यवसायिक, स्वच्छ एवं सुदृढ कर प्रशासनको सुनिश्चिता प्रदान गर्ने जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....