काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठ र मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब ग्राहकहरुले मेगा बैंकका शाखाहरुबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।