Nepal Life Insurance

एशियन लाइफ र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहीबार १५:३४

Beema News

३१७ पटक पढिएको

बीमा न्युज,
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । संझौतापत्रमा एशियनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गर्नुभएको हो ।

 

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको शाखाहरुबाट एशियन लाइफको सम्पुर्ण बीमा सम्बन्धि सुविधाहरु पाउनेछ । प्रचलनमा रहेका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्न सकिन्छ ।

एशियन लाइफको बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग बैंकको नेपालभरिका ७१ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिनेछ ।

 

एशियन लाइफ इन्स्योरेन्सको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....