Nepal Life Insurance

एलआईसी नेपाल र कन्काई बैंकबीच बैंकास्योरेन्स सम्झौता

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार १८:२०

Beema News

बीमा न्युज,
काठमाडौं । एलआईसी नेपाल र कन्काई विकास बैंकबीच बैकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा एलआईसी नेपालको तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिजित घोष दस्तिदार र बैंकको प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।

बैंकका सीईओ बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सबै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए ।

त्यस्तै, एलआईसी नेपालका सीईओ दस्तिदारले एलआईसी नेपालको उच्चतम बोनसदर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरुले यस कम्पनीको योजनाहरु लिने दाबी गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले एलआईसीको सम्पुर्ण सेवाहरु बैंक मार्फत नै प्राप्त गर्न सक्नेछन् ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....