मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्भौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकको जुनसुकै शाखा कार्यलयहरुबाट रिलायवल लाइफको जीवन बीमालेख खरिद, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।