Nepal Life Insurance

बीमा समिति प्राधिकरणमा रुपान्तरण हुने

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहीबार १०:१७

Beema News

५१५ पटक पढिएको

अर्थ मन्त्रालयले हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने गरी बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरेको छ । यसको मस्यौदा तयार गर्ने क्रममा हालको सञ्चालक समितिलाई निरन्तरता दिएर अर्को पटकबाट नयाँ व्यवस्था कार्यान्वायन गरिने उल्लेख थियो । तर अर्थले अहिलेदेखि नै समितिका अध्यक्ष डा. चिरञ्जिवी चापागाईको पद नरहने गरी विधेयक प्रस्तुत गरिएको हो ।

बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गरी त्यसको नेतृत्व फरक शैलीबाट गरिने विधेयकमा उल्लेख छ । तर समितिका कर्मचारी स्वतस् प्राधिकरणका कर्मचारीमा रुपान्तरण हुने विधेयकमा उल्लेख छ ।

यस अघि समितिका अध्यक्षको कार्यकालका सम्बन्धमा कति पटक अध्यक्ष हुन पाउने भन्ने व्यहोरा थिएन । तर अहिले प्राधिकरणमा एक व्यक्तिले २ पटकसम्म चार वर्षे कार्यकाल पुरा गर्न सक्ने प्रावधान राखिएको छ ।

साथै विधेयकमा प्राधिकरणका कर्मचारीको सेवा सुविधाका साथै संरचनाको प्रकार अर्थ मन्त्रालयले निर्धारण गर्ने व्यवस्था छ । अहिले समितिले नै उल्लेखित विषयको निक्र्यौल गरी कार्यान्वायन गराउँदै आएको छ ।

विधेयकमा सञ्चालक समिति नयाँ प्रकृयाबाट गठन हुने तथा कर्मचारीको सेवा सुविधाका साथै संरचनाको विकासमा अर्थको पुर्ण भूमिका रहने व्यवस्था गरेको विधेयकले बीमा समिति प्राधिकरणमा रुपान्तरण भए पछि प्राधिकरणको कोषमा सञ्चित हुने रकमको ५० प्रतिशत हिस्सा सरकारले लैजाने व्यवस्था गरेको छ । यस्तो रकम संघीय सञ्चिती कोषमा दाखिला गर्नु पर्ने व्यवस्था गरिएको छ ।

 

 

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....