Nepal Life Insurance

बीमाङ्की पढ्न छात्रवृत्ति

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार १५:३९

Romani Rai

काठमाडौं–बीमा समितिले बीमाङ्की विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । समितिको प्रस्तावित ‘वार्षिक कार्यक्रम–२०७५/७६’मा यस्तो व्यवस्था गरिएको हो । समितिले
नेपालमा लामो समयसम्म यस विषयको अध्यापन नहुँदा नेपाली बीमा बजारमा बीमाङ्की जनशक्तिको अभाव हुँदै आएको छ । यस्ता समस्यालाई दृष्टिगत गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले केही वर्ष अघिदेखि स्नातक तहमा बीमाङ्की विज्ञानको अध्यापन शुरू गरिसकेको छ । बीमाङ्की विज्ञान पढ्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप केही रकम छात्रवृत्ति प्रदान गरिने बताएको छ । वार्षिक कार्यक्रमले पाठ्यक्रममा बीमासम्बन्धी विषयवस्तु समावेश गर्नेबारे पनि व्यवस्था गरेको छ ।

समितिका निर्देशक राजुरमण पौडेलले स्थानीय सरकारसँगको सहकार्यमा यस कार्यक्रमलाई सञ्चालन गर्ने बताएका छन् । कार्यक्रममा आम नागरिक, पत्रकार, शिक्षक, विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराउने योजना रहेको उनको भनाइ छ । उनले भने, ‘बीमाको बढ्दो आवश्यकतासँगै यसको दायरा पनि बढाउन आवश्यक छ । यसअनुसार हामीले विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने योजना पनि बनाएका छौं ।’समितिले सातै प्रदेशमा बीमा जागरण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । सातै प्रदेशअन्तर्गतका प्रमुख शहर तथा स्थानीय तहमा बीमा जागरण कार्यक्रम गर्ने व्यवस्था गरिएको समितिको भनाइ छ । नेपालमा बीमा व्यवसाय शुरू भएको ७० वर्ष भइसक्दा पनि यसको दायरा फराकिलो हुन नसक्दा जागरण कार्यक्रम ल्याइएको हो । समितिका अनुसार हाल बीमाको पहुँच ११ प्रतिशत मात्र छ । यस्ता विषयलाई दृष्टिगत गर्दैै बीमाको पहुँच र साक्षरता बढाउन यस योजनालाई प्राथमिकतामा राखिएको समितिको भनाइ छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....