Nepal Life Insurance

लगातार आज पनि नेप्सेमा गिरावट

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलवार १७:१२

Romani Rai

काठमाडा– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक ४ दशमलव २० अंकले घटेर १ हजार १ सय ८३ दशमलव ८७ को बिन्दुमा कारोबार बन्द भएको छ ।कुल १ सय ६१ कम्पनीको ५ लाख ६८ हजार ८९६ कित्ता शेयर खरिदबिक्री हुँदा १७ करोड ८७ लाख ३१ हजार ८६५ रुपैयाँको कारोबार भएको छ ।त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ८१ अंकले घटेर २ सय ४९ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंक लिमिटेडकोे भएको छ । जसको आज जम्मा १ करोड १६ लाख ७० हजार २७१ रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन र सिन्धु विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा लगभग ५ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा गोर्खा फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा पनि लगभग ५ प्रतिशतले घटेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....