काठमाडौं– प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई बैंकिङ क्षेत्रको पछिल्लो स्थितिका बारेमा पूण विवरण पेश गर्न निर्देशन गरेको छ ।मंगलबार बसेको समितिको बैठकले बैंकिङ क्षेत्रमा बेला–बेलामा हुने तरलताको अवस्थालाई सम्बोधन गर्ने उपायसहित अहिले बजारमा तरलताको स्थितिका बारेमा एक सताभित्र समितिमा जानकारी पठाउन निर्देशन दिने निर्णय गरेको हो ।त्यस्तै समितिले बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाको स्थिति तथा कर्जा लगानी भएका क्षेत्र )कृषि, जलविद्युत्, पर्यटन, उद्योग, घरजग्गा) को अवस्था, खराब कर्जाको अवस्था र पुँजीवृद्धि र मर्जरलगायतका प्रक्रियापछि बैंकहरुको अवस्थालगायतका बारेमा एक साताभित्र विस्तृत जानकारी गराउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।