Nepal Life Insurance

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले १ बर्षपछी नियुक्त गर्यो प्रमुख कार्यकारी अधिकृत

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार १३:०४

Binita Siwakoti

भदौ १३,काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले एक वर्षपछि प्रमुख कार्यकारी अधिकृत पाएको छ ।  कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका हुन् । भट्टलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने कम्पनीको निर्णयलाई बीमा समितिले गत आईतबार स्वीकृति दिएको छ ।

तर कम्पनीले उनको नियुक्तीबारे आधिकारीक रुपमा जानकारी सार्वजनिक गरेको छैन । प्रक्रियागत केही आन्तरिक काम बाँकी रहेको कम्पनी सम्बद्ध स्रोतले बतायो ।

इएमबीए र बीएलसम्ममा औपचारिक शिक्षा हासिल गरेका नवनियुक्त अधिकृत भट्टसँग २३ वर्ष बैकिङ् क्षेत्रमा काम गरेको अनुभव छ । केही समय अघिसम्म उनी मेगा बैंक नेपालको डेपुटी सीईओ थिए । त्यसअघि इन्भेष्टमेन्ट बैंकमा थिए । पछिल्लो समय रेमिट टू नेपालमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....