Nepal Life Insurance

बीमा समितिद्वारा बीमा कम्पनीहरुको स्थलगत निरीक्षण शुरु

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार १६:५४

Binita Siwakoti

भदौ १३,काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको स्थलगत निरीक्षण शुरु गरेको छ । समितिले आज एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबाट स्थलगत निरीक्षण शुरु गरेको हो ।

उपनिर्देशक दिनेश कुमार लालको नेतृत्वमा एउटा टोली एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निरीक्षणमा खटिएको छ भने चार्टर्ड एकाउन्टेण्ट ज्योति पाण्डेको नेतृत्वमा अर्को टोलीले सिद्धार्थ इन्स्योरेन्समा निरीक्षण थालेको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक वर्षमा ३९ वटै बीमा कम्पनीहरुको स्थलगत निरीक्षण गर्ने कार्य योजना बनाएको छ । निरीक्षण गर्दा बीमा ऐन, कम्पनी ऐन, बीमा समितिले जारी गरेको संस्थागत सुशासन निर्देशिका, अन्य निर्देशन तथा नियमावलीहरु, सम्बन्धित कम्पनीका प्रबन्धपत्र, नियमावली, आर्थिक प्रशासन विनियमावली लगायत बीमा कम्पनीमा आकर्षित हुने सबै नियम कानुनको परिपालना भए/नभएको हेरिने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए ।

‘हामीले लामो चेकलिष्ट तयार गरेको छौं । ती सबै कुरा स्थलगत रुपमा हेरिन्छ’ अध्यक्ष चापागाईले भने–‘निरीक्षण गर्दा देखिने साना कमी कमजोरीलाई लिएर हामी कारवाही गर्दैनौं । त्यसलाई सच्याउन निर्देशन दिन्छौं । जानीजानी वा खराब नियतले गलत काम भएको रहेछ भने नियमअनुसार कारवाही पनि हुन्छ ।’

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....