Nepal Life Insurance

तेस्रोपक्षको बिमा – बिमादर यातायात व्यवस्था विभागले तोक्ने की बिमा समितिले ?

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलवार १२:३६

Binita Siwakoti

२७५ पटक पढिएको

भदौ १९, काठमाडौँ । यातायात व्यवस्था विभागले तेस्रोपक्ष बिमा रकम ज्यादै कम भएको गुनासो आएको भन्दै त्यसलाई बढाउनका एउटा सूचना जारी गर्यो, जसमा लेखिएको थियो– सार्वजनिक सवारीका साधनहरूको बिमा रकमसम्बन्धी प्रस्ताव पेश गर्न १५ दिनको समय दिएको सूचना । यातायात व्यवस्था विभागले तेस्रोपक्ष बिमा रकमको पुनरावलोकनको काम सुरु भएकाले हाल प्रचलित बिमासम्बन्धी व्यवस्थामा के–कति प्रिमियम रकममा  के–कति बिमा रकम वृद्धि गर्न सकिन्छ भन्ने विषयमा बिमा कम्पनीबाट प्रस्ताव माग गरेको छ । सो प्रस्तावले बिमा समिति विभागले कार्यक्षेत्र मिच्न खोजेको भन्दै  हच्किएको छ ।

 यता बिमा क्षेत्रको नियमन गर्ने जिम्मेवारी पाएको बिमा समिति भने विभागको सो सूचनाले हच्किएको छ । बिमा समितिका एक उच्च अधिकारीले विभागले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर बिमा समितिले गर्ने काममा हात हाल्न खोजेको आरोप लगाएका छन् ।

ती अधिकारी भन्छन्, ‘बिमाको दर तोक्ने काम यातायात व्यवस्था विभागको होइन, बिमाको नियमन गर्ने जिम्मेवारी हामीले पाएका छौँ भने बिमाको दर तोक्ने अधिकार विभागलाई छैन । समितिले नै तोक्ने हो ।  बिमा समितिले यस विषयमा दुई  पटक अर्थमन्त्रालयलाई समेत जानकारी गराएको छ । बिमा ऐनले पनि हामीलाई नै सो जिम्मेवारी दिएको छ ।’

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ र बिमा सम्बन्धी निर्देशिकाले तेस्रो पक्षको मृत्यु भई मानवीय क्षति भएमा  पीडित परिवारलाई पाँच लाख रुपियाँसम्म राहत र घाइतेको उपचारको लागि तीन लाख रुपियाँसम्म रकम  बीमा कम्पनीबाट बहन गर्दै आएकोमा त्यसलाई बढाउन वा समायोजन गर्न बिमा कम्पनीहरूलाई शिलबन्दी पेश गर्न भनेको थियो ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....