Nepal Life Insurance

सेयर बजारमा१०.७९ अंकको गिरावट , जीवन बीमा ६७.४२ अंकले घट्यो

प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार १५:५९

Binita Siwakoti

भदौ २४, काठमाडौं । कारोबारको सुरु देखिनै ओरालो लागेको शेयर बजार आइतबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १०.७९ अंकले घटेर १२१८.९८ अंकमा ओर्लिएको छ।

क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले घटेर २५८.१६  अंकमा झरेको छ । आइतबार १६६ कम्पनीका १२ लाख ७२ हजार कित्ता शेयर ३२ करोड ७० लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी एनआइसि एशिया बैंकको दुई करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक ७.१६, ट्रेडिङ् ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत १४.४३, फाइनान्स १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादनमूलक ६.८१, अन्य ८.०८, लघुबित्त २४.९३ र जीवन बीमा ६७.४२ अंकले घटेका छन्।

२२ प्रतिशत बोनस शेयर घोषणा गरेको जानकी फाइनान्सले सबैभन्दा बढी करिब १० प्रतिशत कमाए।ग्रिन डेभलपमेन्ट बैकका शेयर धनीले सबैभन्दा बढी १० प्रतिशत गुमाए।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....