Nepal Life Insurance

२० देशका बीमा कम्पनीको नेपालमा भेला हुने

प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार १७:१३

Binita Siwakoti

भदौ २४, काठमाडौं । प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहन गर्ने क्षमता खोज्न २० देशका बीमा कम्पनी नेपालमा भेला हुने भएका छन् । असोज ९ र १० गते २० देशका बीमा कम्पनी र नियामक निकाय काठमाडौंमा भेला हुन लागेका हुन् ।

विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज(एआईआरडीसी)को २१ औं सम्मेलनमा प्राकृतिक विपत्ती र साइबर क्राईमको जोखिम बहनबारे छलफल हुन लागेको हो । सम्मेलनमा २० देशका १५० भन्दा बढि इन्स्योरेन्स कम्पनी तथा नियामक निकायका प्रतिनिधीहरुको सहभागीता रहनेछ ।

सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने समितिका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए ।

नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले सम्मेलन मार्फत अन्य विकासोन्मुख मुलुकका बीमा कम्पनीले अवलम्बन गरेका अभ्यास ग्रहण गर्ने र आफ्ना अनुभव सुनाउने बताए । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सम्मेलनलाई पुनर्बीमा कम्पनीको बजार विस्तारको उपयुक्त माध्यमका रुपमा उपयोग गर्ने बताए । हाल २९ देशबाट पुनर्बीमा व्यवसाय गर्दै आएको कम्पनीले सम्मेलनपछि थप केहि देशमा व्यवसाय विस्तार गर्ने दावी भण्डारीले गरे ।

५०० नेपाली र १५० विदेशी गरि ६५० जना बीमा क्षेत्र सम्वद्ध व्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागीता जनाउनेछन् । एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....