Nepal Life Insurance

नेपाल इन्स्योरेन्सले ल्यायो ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलवार १३:२५

Binita Siwakoti

भदौ २६,काठमाडौं । नेपालमै पहिलो पटक साइबर जोखिमको जोखिम न्युनिकरण गर्ने ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ सुरु भएको छ । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले नेपालमा पहिलो पटक ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ को सुरुवात गरेको हो।

केहि समय अगाडी एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक तथा वित्तिय संस्थाहरु उच्च साइबर जोखिममा देखिएका थिए भने, बीमा कम्पनीहरुले त्यसको बीमा गर्ने योजना बनाएका थिए ।

नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले साइबर क्राइम सम्बन्धी बीमा पोलिसी नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएको जानकारी दिए । अहिले बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग त्यसबारे छलफल गरिरहेको शाहले जानकारी दिए। अहिले सम्म नेपालका बैंक तथा वित्तिय संस्थाहरुले ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ लिएका छैनन् ।
नेपाल इन्स्योरेन्सले नेपालमा पहिलो पटक सुरु गरेको ‘साइबर क्राइम इन्स्योरेन्स पोलिसी’ बाट नेपाली बैंक तथा वित्तिय संस्थाहरुले जोखिम कम गर्न सक्ने देखिन्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....