Nepal Life Insurance

मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुने

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहीबार १२:३३

Binita Siwakoti

भदौ २८, काठमाडौं ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुने भएको छ । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको हो ।

हालसम्म विश्वमा १५ किलोमिटर भन्दा लामो केबलकार निर्माण भएका छैनन् । संसारकै लामो केबलकार निर्माण गर्न लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबिच १८ महिनाभित्रै विस्तृत परियोजना प्रस्ताव(डीपीआर) बनाउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षरभएसँगै केबल कारको काम अघि बढेको हो ।  डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालीका अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।

कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकारको निर्माण लागत करिब ३४ करोड अमेरिकी डलर बराबर हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यो केबल कार निर्माण भएमा पोखराबाट मुक्तिनाथसम्मको यात्रा केहि घण्टामै सिमित हुनेछ ।

बिरेठाँटीमा मुल स्टेशनसहित केबलकारका ६ वटा स्टेशनहरु रहनेछन् । घोरेपानी, तातोपानी, लेते मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथमा सब स्टेशनहरु निर्माण हुनेछन् । २०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले बिरेठाँटी मुक्तिनाथ केबलकारको डीपीआर तयार पार्न निर्देशन दिएको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....