Nepal Life Insurance

सेयर बजारमा २ दशमलव ४१ अंकले सुधार

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलवार १६:५१

Binita Siwakoti

असोज २, काठमाडौं । सातको तेस्रो दिन सेयर बजारमा झिनो वृद्धि देखिएको छ । सोमबारको तुलनामा सेयर बजारमा २ दशमलव ४१ अंकले सुधार देखिएको हो । सेयर बजारमा २ दशमलव ४१ अंकले सुधार देखिदा नेप्से परिसूचक बढेर १ हजार २ सय ५८ दशमलव ८१ को बिन्दुमा पुगेको छ ।

 साताको पहिलो दिन आइतबारको तुलनामा सोमबार नेप्से परिसूचक शून्य दशमलव ०१ प्रतिशत अर्थात ०.१३ अंकले ओरालो लागेको थियो । नेप्से परिसूचकमा झिनो वृद्धि देखिए पनि कारोबार रकममा भने भारी गिरावट देखिएको छ । सोमबारको तुलनामा मंगलबार करिब २३ करोड रुपैयाँ कम सेयर कारोबार भएको हो ।

दिनभरमा भएका ५ हजार ८ सय ७७ कारोबारबाट १ सय ६९ कम्पनीका १५ लाख ४४ हजार २ सय ५७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसअनुसार ४६ करोड ६९ लाख ७२ हजार १ सय ९६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६८ करोड ७६ हजार ८८ सय ६५३ रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । नेकोको ३ करोड ३६ लाख ९८ हजार ६ सय ९७ सय रुपैयाँको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....