Nepal Life Insurance

निर्माण व्यवसायी महासंघको अध्यक्षमा उम्मेदवार बनेका कार्की भन्छन , बिजयी बन्नेमा बिस्वस्त छु

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार १६:३२

Binita Siwakoti

काठमाडौं, ३ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखिनै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफू निरन्तर लागिपरेको उनको जिकिर छ । अहिलेको परिवेशमा निर्माण व्यवसायप्रति सरकारी निकाय नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित् हुन कठिनाई भैरहेको तितो सत्य सुनाउँदै कार्कीले भने,‘महासंघको उद्देश्यमानै धक्का पुग्ने अवस्था भएकोले म पूनः अध्यक्षमा उठेको छु । समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु ।’

उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे । उनले भने,‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’

उनले आफूविरुद्ध अध्यक्षको लागि मैदानमा उत्रिएका साथीहरुप्रति आफ्नो कुनै गुनासो नरहेको पनि स्पष्ट पारे । उनले भने,‘क्षमता, योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो । १२ हजार ५ सय प्रतिनिधि साथीहरु हुनुुहुन्छ, उहाँहरुको मतले म जित्नेछु ।’

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....