Nepal Life Insurance

नेशनल लाईफ इन्स्योरेन्सले ‘बेष्ट म्यानेज्ड लाईफ इन्स्योरेन्स’को उपाधि हात पार्यो , कसलाई कुन अवार्ड ?

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १२:३१

Binita Siwakoti

असोज ७, काठमाडौं । न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार नेपालकै ठूलो र प्रतिष्ठित बिजनेश अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिबन बीमा तथा निर्जिबन बीमा समूहबाट कम्पनीहरु प्रतिस्पर्धामा थिए, सो मध्ये बाट नेशनल लाईफ इन्स्योरेन्सले ‘बेष्ट म्यानेज्ड लाईफ इन्स्योरेन्स’ उपाधि जितेको छ, नेशनल लाईफ इन्स्योरेन्सले पहिलो पटक उपाधि जितेको हो।

बिगतमा लगातार ३ पटक बेष्ट म्यानेज्ड लाईफ इन्स्योरेन्सको उपाधि जितेको नेपाल लाईफ इन्स्योरेन्स यो पटक भने फस्ट रनर अपको उपाधिमा चित्त बुझाएको छ, त्यस्तै लाइफ इन्स्योरेन्स कपोरेशन नेपालले सेकेण्ड रनर अपको उपाधि जितेको छ।

त्यस्तै निर्जिबन बीमा समूह तर्फबाट नेको इन्स्योरेन्सले ‘बेष्ट म्यानेज्ड इन्स्योरेन्स’ उपाधि जितेको छ, निर्जिबन बीमा समूहबाटै शिखर इन्स्योरेन्स कम्पनीले फस्ट रनर अपको उपाधिमा जितेको छ, त्यस्तै सगरमाथा इन्स्योरेन्सले निर्जिबन बीमा तर्फ़को सेकेण्ड रनर अपको उपाधि जितेको छ।

१० बिधामा प्रदान गरिएको बिजनेश अवार्डमा  बेष्ट म्यानेज्ड कम्पनीको उपाधी सोल्टी होटललाई प्रदान गरिएको छ ।देशभर रहेका व्यावसायिक संस्थामध्येबाट विभिन्न विधामा उनीहरूको कार्य मूल्याङ्कनका आधारमा विज्ञ समूहले छनोट गरेका उत्कृष्ट कम्पनीहरूलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले नेपालको व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धन तथा वृद्धि विकासमा सहयोग पुर्याउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गर्दै आएको र आगामी वर्षहरुमा पनि जारी रहने बताए ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....